झापाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा लगाइएको धानमा डर्टी पेनिकल रोग देखिएको छ।
बनियानी– ‘डर्टी पेनिकल’ रोगका कारण झापाको २०० बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ।
डर्टी पेनिकलले पाँच स्थानीय तहको २०० बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए।
“बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहोर देखिने हुन्छ,” उनले भने, “शुरूमा नै थाहा भयो भने औषधि छिट्दा हुन्छ। नत्र केही गर्न सकिँदैन।” धान रोप्ने बेलामै बीउको उपचार गरिए डर्टी पेनिकलबाट बाली जोगाउन सकिने उनले बताए।
जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा डर्टी पेनिकल रोग देखिएको हो। अगुवा धानमा देखिएको यो रोगका कारण धानको दाना आधा लाग्ने, नलाग्ने भएको प्रमुख विष्टले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
