रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ।
रामपुर– ढकमक्क फुलेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ। तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ। वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुरका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुशी छन्। बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण संकलन गर्न उनको व्यस्तता बढ्न थालेको छ।
चार रोपनी क्षेत्रफलमा फूलखेती लगाएका छन्। तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको छ। यस तिहारमा २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने अनुमान छ।
“तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यावसायिक रूपमा खेती गरेको हो। सुरुमा फूल व्यवसाय गर्दा छिमेकी, आफन्त यस व्यवसायले बजार लिन्छ भनेर पत्याएका थिएनन्,” उनले भने, “चुनौतीका बाबजुद पनि व्यवसाय शुरू गरियो। पहिलो वर्षमा नै नसोचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ।”
यहाँ उत्पादन भएको फूल खुद्रामा प्रतिकिलो ५०० रुपैयाँ, होलसेलमा ४०० रुपैयाँ, प्रतिमाला खुद्रामा १५० र होलसेलमा १२० कायम गरिएको छ। बुटवल, नेपालगन्ज, तानसेनलगायत विभिन्न बजारबाट फूलमालाको माग धेरै आएको लालबहादुर थापाले बताए। रामपुरमा फूलमालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरको भनाइ छ।
“तिहार शुरू नहुँदैदेखि फूलमालाको माग धेरै आएको छ। हामीले बाहिर बजारमा पठाउँदैनौँ। स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ,” उनले भने। उनीहरूले विगत ५/६ वर्षदेखि निरन्तर व्यवसाय गरिरहेका छन्। यहाँ कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ। उत्पादन राम्रो हुने भएकाले यस जातको फूल गाएको उनले बताए।
दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेतीसँगै तरकारी खेती पनि गरेका छन्। तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ।
रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ। यस वर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ। यस वर्ष सयपत्री फूलमालाको माग रामपुर बजारमा बढेको छ।
रामपुरका दिलबहादुर र लालबहादुरले थालनी गरेको पुष्प व्यवसाय देखेर पछिल्लो समय घर तथा विद्यालय, विभिन्न संघसंस्थामा फूल लगाउन थालिएको छ। यहाँबाट बिरुवा खरिद गरेर लगाउने कार्य भइरहेको छ। यतिबेला ढकमक्क फुलेको फूलमा रमाउँदै तस्वीर खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने, अवलोकन गर्न जाने, फूलखेतीबारे जानकारी लिन जानेको चहलपहल छ।
नगरपालिकाले यहाँ थालनी गरिएको व्यवसायमा हौसला प्रदान गर्न सहयोग गर्दै आएको छ। यहाँ तिहारमा मात्र नभई अन्य समय पनि सयपत्री फूलखेती हुने गरेको छ। नगरपालिकाभित्र हुने विभिन्न संघसंस्थाको सभा समारोह, कार्यक्रम, विवाह, व्रतबन्ध, शुभ कार्यलगायतमा खपत हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
