प्रतितोला १ लाख ६८ हजार ५०० पुग्यो सुनको मूल्य

छापावाल सुन मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै बढी मूल्य हो।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च भएको छ। 

दिनहुँ बढिरहेको सुनको मूल्य मंगलबार पनि तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो। 

छापावाल सुन मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै बढी मूल्य हो। सोमबार प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।