सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरिरहेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार काठमाडौँको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएकाहरूमा रास्वपाका सांसद अशोककुमार चौधरी, काठमाडौँ सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ सभापति वीरेन्द्रकुमार श्रेष्ठलगायत छन्।
पक्राउ परेका सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरी वृत्त मालीगाउँ लगिएको जनाइएको छ।
पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
