नेपालमा साउनदेखि हालसम्म २८ हजार १०९ जनामा डेंगी देखिएको छ भने ३८ जनाको मृत्यु भएको छ।
काठमाडौँ- नेपालमा डेंगी संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ।
साउनदेखि हालसम्म २८ हजार १०९ जनामा डेंगी देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५४० जनामा डेंगी पुष्टि भएको हो। अहिलेसम्म ७६ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सबैभन्दा धेरै डेंगी संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमतीमा २१ हजार ९७५ जना डेंगी देखिएको छ। त्यसपछि लुम्बिनीमा ३ हजार १२५ जनामा डेंगी पुष्टि भएको छ।
सुदूरपश्चिममा ८५०, प्रदेश- १ मा ८२९, गण्डकीमा ६७७, मधेसमा ४१३ र सबैभन्दा थोरै कर्णालीमा २३८ जनामा डेंगी संक्रमण देखिएको छ। डेंगीबाट अहिलेसम्म ३८ जनाको ज्यान गएको छ। नेपालमा २०६१ सालदेखि डेंगी संक्रमण देखिएको थियो। त्यसपछि निरन्तर डेंगी संक्रमण बढ्दै गएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार १ हजार ३०७ नमुनाको आरटी-पिसिआर परीक्षण गर्दा २५ जनामा र १ हजार ३७१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
सोही अवधिमा ७० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
