हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्।
कर्णाली– कर्णालीमा हवाई यातायात सहज बनाउन अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ। दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका हुन्।
हवाई यातायातको समस्या सम्बोधन गरिदिन गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए। “गमगढीसम्म सडक जोडिए पनि भौगोलिक विकटता र जीर्ण सडकले यातायात नियमित र व्यावसायिक हुन सकेको छैन”, उनले भने, “बिरामी, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित रारा आउने पर्यटकका लागि यातायातको एकमात्र विकल्प हवाई यातायात हो।”
यसमा अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी र टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उनले बताए। प्रजिअ महतका अनुसार कर्णालीमा नेपाल एयरलायन्स, सीता, तारा र समिट एयरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ।
नियमित हवाई उडान र हवाई टिकट वितरण अनलाइन प्रणालीमार्फत हुन सकेमात्र नागरिकलाई सहजता मिल्ने उनको भनाइ छ। अनलाइन टिकट वितरण सञ्चालनमा ल्याउन सर्वदलीय बैठक बसेरै निर्णय गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।
पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले असोज ३० गते पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायतलाई ध्यानाकर्षणसहित मागपत्र बुझाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
