समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ६२ हजार ७६० बचतकर्ताले ३९ अर्ब ९३ करोड रुपैयाँ माग दाबी गरेका छन्। अझै ३८ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।
काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म बचतकर्ताको एक अर्ब ५१ करोड रुपैयाँ फिर्ता गरेको छ। समितिमा कुल ६२ हजार ७६० बचतकर्ताले ३९ अर्ब ९३ करोड रुपैयाँ माग दाबी गरेका छन्।
तीमध्ये गत कात्तिक १२ गतेसम्म ६ हजार ५९३ बचतकर्ताको एक अर्ब ५१ करोड ५३ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। २०७५ सालयता हालसम्म २२ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन्।
समितिका अनुसार ६ हजार १५५ बचतकर्ताको एक अर्ब ४८ करोड रुपैयाँ पूर्ण रूपमा राफसाफ भएको छ भने ४३८ बचतकर्ताको तीन करोड रुपैयाँ आंशिक भुक्तानी भएको छ।
अझै ५६ हजार ६०५ बचतकर्ताको ३८ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमले बताए।
अहिलेसम्म तीन वटा सहकारीका बचतकर्ताले मात्र मागअनुसारको सबै बचत रकम पाएका छन्। समितिले आगामी आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म थप नौ वटा सहकारी संस्थाको राफसाफ गर्ने लक्ष्य रहेको जनाएको छ। १३ हजार ७५ ऋणी सदस्यबाट २३ अर्ब ६२ करोड रुपैयाँ असुलीका लागि अन्तिम कारबाहीको तयारीमा रहेको समितिको दाबी छ।
२०८० सालयता समस्याग्रस्त भएकाबाहेक ओरेन्टलसहित पुराना १२ सहकारीका बचतकर्ताको बचत चालु आर्थिक वर्षभित्रै राफसाफ गर्ने लक्ष्य रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताए।
सहकारीका सञ्चालक, ऋणी सदस्य एकाघर परिवार र जमानतकर्ताको जायजेथा लिलाम गर्ने, खाता रोक्का गर्ने गरेर रकम संकलन गरी बचत फिर्ता गर्ने मन्त्री अधिकारीले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
