स्कटल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए।
काठमाडौँ– नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग२ शृंखलालाअन्तर्गत बुधबार बिहान सम्पन्न एकदिवसीय खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ।
अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।
स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए। करन केसी, सोमपाल कामी र गुल्सन झाले २–२ तथा आरिफ शेखले १ विकेट लिए। स्कटल्यान्डका लागि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन्।
स्कटल्यान्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए। कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए।
स्कटल्यान्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए। ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए ।
पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले पराजित गरेको थियो।
नेपालले लिग२ मा ८ महिनापछि जित हात पारेको हो। यसअघि नेपालले गत फागुनमा कीर्तिपुरमा नेदरल्यान्ड्सलाई हराएको थियो।
लिग२ मा नेपाल १० खेलमा २ जितसहित ५ अंकका साथ सातौँ स्थानमा छ। क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ। स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
