विगतमा रत्नपार्कस्थित शान्तीबाटिकामा गरिँदै आएको सम्मेलन यस वर्ष नारायणहिटी गेट अगाडि गरिएको हो।
काठमाडौँ– काग तिहारको अवसरमा ‘काग सम्मेलन’ गरिएको छ। नारायणहिटी संग्रहालयको गेटअघि कलाकार रमेश दुलालले २१औँ काग सम्मेलन गरेका हुन् ।
सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए। कागको आवाज निकालेर बोलाउन थालेपछि काग आएका हुन्। विगतमा रत्नपार्कस्थित शान्तीबाटिकामा गरिँदै आएको सम्मेलन यस वर्ष नारायणहिटी गेट अगाडि गरिएको हो।
“काग तिहारको दिन मैले काग सम्मेलन गरेको २१ वर्ष भयो। यमलोकको खबर यमराजलाई पठाउने दूतका रूपमा कागको पूजा गरिँदै आएको छ,” उनले भने, “कहिले भारतले नाकाबन्दी गर्दा सम्मेलन गरेँ। संविधान नबनेको भन्दै पनि सम्मेलन गरेँ। अहिले तिहारको समयमा काग तिहारका उपलक्ष्यमा काग सम्मेलन गरेको हो।”

सम्मेलनमा एक हजार हाराहारी कागलाई भेला गराएको दुलालले बताए। आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुंगीको आवाज निकाल्न सक्ने उनी बताउँछन्।
कागबाहेक मुखले मादल, सनाई, सारंगी, पियानो, ड्रम सेट, मुर्चुंगा, गितारको धुनसमेत निकाल्छन्। गाई, भैँसी र अन्य चराचुरुंगीको आवाज पनि सुनाउँदै आएको दुलालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
