बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

परराष्ट्र मन्त्रालयको सचिवका रूपमा कार्यरत लम्सालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन्। 

काठमाडौँ– संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ। 

समितिका ज्येष्ठ सदस्य पशुपति समसेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिए। 

यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुची र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गरेकी थिइन्। 

परराष्ट्र मन्त्रालयको सचिवका रूपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन्।