महासचिव एन्टोनियो गुटेरेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पत्राचार गर्दै प्रभावितलाई सहायता प्रदान गर्न यूएनआरडब्लूएको विकल्प नभएको बताएका छन्।
प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसंघीय एजेन्सी (यूएनआरडब्लूए) लाई प्रतिबन्ध लगाउने इजरायली कानूनको संयुक्त राष्ट्रसंघले विरोध गरेको छ।
महासचिव एन्टोनियो गुटेरेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पत्राचार गर्दै प्रभावितलाई सहायता प्रदान गर्न यूएनआरडब्लूएको विकल्प नभएको बताएका हुन्।
इजरायली संसद्ले अनुमोदन गरेको उक्त कानूनले राष्ट्रसंघीय निकायलाई इजरायलमा सञ्चालनको प्रतिबन्ध लगाई इजरायली अधिकारीसँग सञ्चार तथा समन्वय गर्नबाट रोकेको छ। यसले गाजाका प्रभावित क्षेत्रमा सञ्चालित मानवीय सहायतालगायतको काम समाप्त गर्न सक्छ।
इजरायल लामो समयदेखि यूएनआरडब्लूएसँग मतभेदमा रहेको छ। गत अक्टोबरमा गाजामा युद्ध शुरू गर्ने हमास हमलामा यूएनआरडब्लूए केही कर्मचारी संलग्न रहेको आरोप इजरायलको छ। प्रतिबन्ध तीन महिनाभित्र शुरू हुने बताइएको छ।
पत्रमार्फत गुटेरेजसले गाजा र वेस्ट बैंकका प्यालेस्टिनीका लागि कानूनले विनाशकारी परिणाम निम्त्याउन सक्ने बताएका छन्। प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय कानून अन्तर्गतका दायित्व र गतिविधि जारी राख्न अनुमति दिन पनि उनले आग्रह गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
