त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा बांग्लादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।
काठमाडाैँ– नेपाललाई पराजित गर्दै बांग्लादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा बांग्लादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै बांग्लादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बांग्लादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो। यसपटक पनि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन।
साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो। हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बांग्लादेशसँग दुई पटक पराजित भएको छ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बांग्लादेशले लियो। खेलको ५२औँ मिनेटमा बांग्लादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन्। खेलको ५६औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन्।
खेलको ८१औँ मिनेटमा बांग्लादेशले अग्रता दोब्बर बनायो। बांग्लादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बांग्लादेशको पोल्टामा पुग्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
