न्युक्यासलले चेल्सीलाई २-० तथा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।
काठमाडौँ– आर्सनल र लिभरपुल काराबाओ कपको क्वार्टरफाइनलमा पुगेका छन्।
बुधबार राति भएको खेलमा आर्सनलले प्रिसटनलाई ३-० ले हराउँदै अन्तिम आठमा स्थान बनायो। उसका लागि गाब्रियल जिसस, इथान न्वानेरी र काई हाभार्ट्जले गोल गरे।
अर्को खेलमा लिभरपुलले ब्राइटनलाई ३–२ ले हरायो। लिभरपुलका कोडी गाक्पोले २ तथा लुइस डियाजले १ गोल गरे। ब्राइटनका साइमन एडिन्ग्रा र तारिक लम्प्टेले गोल गरे।
प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी भने अन्तिम १६ बाटै बाहिरिएको छ। टोटनहामसँग २-१ ले पराजित हुँदै सिटी बाहिरियो। टोटनहामका लागि टिमो वेर्नर र पापे माटर सरले गोल गरे। सिटीका म्याथियस नुनेसले १ गोल फर्काए।
यस्तै, न्युक्यासलले चेल्सीलाई २-० तथा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
