महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।
म्याग्दी– रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा भोटे कुकुर छन्।
म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका रघुगंगा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन्। ५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा भोटे कुकुर पालेको बताए। घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुन्, रनबहादुर र नन्दबहादुर।
यहाँ कुकुर नभएका भेडाबाख्रा, च्यांग्रा, चौँरी र गाईभैँसीको गोठ नै हुँदैनन्। महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्। राति, साँझ र बिहान गोठको वरपर रुँगेर पहरा दिने कुकुरले जंगली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्ने, लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए। “कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन,” ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भने, “पशुहरू जंगलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन्। साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ। चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छ। आक्रमण गर्न आउन जंगली जनावरलाई भगाउँछन्।”
कुकुरको सहयोगबिना गोठाला एक्लैले सयौँको संख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्यांग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताए। म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले ३० किलोभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुईवटा भोटे कुकुर पालेका हुन्छन्। यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्य पर्छ। आफ्ना मालिकलाई माया गर्ने, जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक राम्जालीले बताए।
बिहान र बेलुका पीठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन्। एक ठाउँमा दशदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जंगलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर २०० भन्दा बढी गोठमा २० हजारको संख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
