३०० भन्दा बढी घर तथा लगभग एक हजार १०० हेक्टरको बाली क्षतिग्रस्त भएको कृषि मन्त्रालयले जनाएको छ।
मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको बाढीले पाँच जनाको मृत्यु भएको छ। साथै, सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकारीहरूले बिहीबार बताएका छन्।
फिलिपिन्सपछि ट्रामीले आइतबार मध्य भियतनाममा प्रहार गरेको थियो। फिलिपिन्समा १०० जनाभन्दा बढीको ज्यान लिएको थियो।
बाढीले क्वाङ बिन्ह प्रान्तमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कृषि मन्त्रालयले बिहीबार अनलाइन रिपोर्टमार्फत जनाएको छ। रिपोर्टअनुसार अझै पनि धेरै दुर्गम समुदायमा फोहोरमैलासहितको बाढीको पानी बगिरहेको छ। यसैगरी, ३०० भन्दा बढी घर तथा लगभग एक हजार १०० हेक्टरको बाली क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरेका तस्वीरले क्वाङ बिन्हको दुर्गम क्षेत्रका केही घरको छतमा बाढीको पानी पुगेको र अन्य समुदायका बासिन्दाले प्रभावित भवन सफा गर्ने काम गरिरहेको देखाएको थियो।
हाल यस क्षेत्रका नदीको जलस्तर बिस्तारै घट्दै गइरहेको भए पनि धेरै क्षेत्र अझै पनि बाढीबाट ग्रसित रहेको जनाइएको छ।
भियतनाम उष्णकटिबन्धीय आँधीबेहरीको जोखिममा रहेकाले आकस्मिक बाढी पहिरोले हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने गर्छ।
विज्ञले मानव गतिविधिका कारण तीव्र जलवायु परिवर्तनले मौसमी ढाँचामा परिवर्तन आई विनाशकारी अवस्थाको सम्भावना अझै बढाउनसक्ने बताएका छन्।
सेप्टेम्बरमा उत्तरी भियतनाममा यागी नामक आँधीले ३४५ जनाको ज्यान लियो र अनुमानित तीन अर्ब ३० करोढ डलरको आर्थिक क्षति भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
