रास्वपाले टुङ्ग्यायो समानुपातिक सांसदको सूची

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाले प्रत्यक्षतर्फ सात सिट जितेको थियो भने समानुपातिकतर्फ ११ लाखभन्दा बढी मत ल्याएर १३ सिट पाएको प्राप्त गरेको थियो।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ जना समानुपातिक सांसदको नाम टुङ्ग्याएको हो।

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाले प्रत्यक्षतर्फ सात सिट जितेको थियो भने समानुपातिकतर्फ ११ लाखभन्दा बढी मत ल्याएर १३ सिट पाएको प्राप्त गरेको थियो।

मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना सकिएसँगै बुधबार निर्वाचन आयोगले शनिबार ४ बजेसम्म समानुपातिकको अन्तिम सूची बुझाउन थ्रेस होल्ड कटाएका दलहरूलाई समयसीमा दिएको थियो।

यस्तो छ रास्वपाको समानुपातिकको सूची

दलित
१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

मधेसी
१. लक्ष्मि तिवारी

२. मनिष झा

थार
१. अशोककुमार चौधरी

दलित महिला
१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला
१. विनीता कठायत