बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य रोग सार्ने लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ।
बाँके– नेपालगन्ज उपमहानगरपालिका डेंगी रोग संक्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान शुरूआत गरिएको छ।
बाँके जिल्लामा हालसम्म डेंगी संक्रमित ३४८ नागरिकमध्ये १९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।
“नेपालगन्ज डेंगी रोग संक्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान शुरू गरेका छौँ,” उनले भने, “उपमहानगरका सबै वडामा लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ।”
नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य रोग सार्ने लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको उनको भनाइ छ।
उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ। अभियानअन्तर्गत लामखुट्टेको वासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेंगी रोग संक्रमण नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरवासीलाई समेत अनुरोध गरे।
नेपालगन्ज बसपार्क क्षेत्र डेंगी संक्रमणको केन्द्रबिन्दु हुनसक्ने भएकाले अभियानको शुरूआत बसपार्कबाटै गरिएको नगरप्रमुख विष्टले बताए। बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरूलाई प्रयागविहीन भएका टायर जथाभाबी नछोड्न उनले अनुरोध गरे।
डेंगीको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख विष्टले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
