तिहारको झिलिमिली (तस्वीरहरू)

तिहारका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश घर, भवन, मठमन्दिर झिलिमिली बत्तीले सजाइएका छन्। बिहीबार साँझ घरघरमा दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिँदै छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

तिहार लागेसँगै देशभर झिलिमिली छाएको छ। काठमाडौँसहित देशभरका प्रमुख शहरका व्यापारिक कम्प्लेक्सका साथै बसोबास गर्ने घर, निजी तथा सरकारी कार्यालय झिलिमिली बत्तीबाट सजिएका छन्। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ। आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी भैलो खेल्दै मनाइने चाड हो तिहार। आज लक्ष्मीपूजाको दिन। यस दिन बिहानै घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ र लिपपोत गरी बुलेका दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ। तस्वीरमा हेर्नुहोस् तिहारको झिलिमिली :