हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय शहरी क्षेत्रमा बस्ने मैथिल समुदायले कम खेल्ने गरेका छन्।
इनरुवा– ‘लक्ष्मी घर आऊ, दलिद्रहा बहार जाऊ’ अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरीको इनरुवासहित मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाइएको छ।
इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथिल समुदायले हुक्कापाती खेल्दै लक्ष्मी पूजा मनाइएको इनरुवा–३ का मिथलेश झाले बताए। इनरुवा, कोशी, हरिनगर, धरान, इटहरी, देवानगञ्ज, दुहबी, भोक्राहानरसिंह, बराहक्षेत्रलगायत स्थानमा बसोबास गर्ने मैथिल समुदायले हुक्कापाती खेली लक्ष्मीको आह्वान गर्दै लक्ष्मीपूजा गरे।
सनपाटबाट निकालिएको सनठी र खडको प्रयोग गरेर बनाइएको हुक्कापाती घरका मुख्य व्यक्तिले पूजाकोठादेखि आँगनसम्म बनाइएको अरिपनमा बालिएको चौमुख दियोमा आगो लगाई बाहिर खेल्ने गरिन्छ। हुक्कापातीमा दिवाली अर्थात् लक्ष्मीपूजाको रातिमा खेलेर लक्ष्मी घर आउनु र दरिद्रहा बाहिर जानु भन्दै खेल्ने गरेको इनरुवा–३ का चन्द्रमोहन झाले बताए। खेलेपछि पितृको शान्ति र मोक्ष प्राप्ति हुने जनविश्वास छ। हुक्कापाती घरका पुरुषले मात्र खेल्ने परम्परा छ।
खेलिसकेपछि जलेको सनठी पूजाकोठामा ल्याएर राख्ने चलन छ। हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय शहरी क्षेत्रमा बस्ने मैथिल समुदायले कम खेल्ने गरेका छन्।
वृद्धवृद्धाले यसको संरक्षण गर्दै आएका छन् भने युवापुस्ताको ध्यान घट्दै गएको छ। हुक्कापाती विशेष गरेर झा, मेहता, यादव, राजपुरलगायत समुदायका व्यक्तिले खेल्ने गरेको छ।
पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले समेत हुक्कापाती मनाउँदै आएको छ। मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिल समुदायमा विशेष महत्त्व छ। युवापुस्तामा पर्वको विषयमा जागरूकता ल्याउन निरन्तरता दिँदै आएको इनरुवाका गौतम यादवले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
