इंग्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो।
काठमाडौँ– हङकङ सिक्सेस क्रिकेटमा नेपालले तीन पटकको विजेता इंग्ल्यान्डमाथि ऐतिहासिक जित हासिल गरेको छ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले ३ विकेट गुमाउँदै ९७ रन बनाएको थियो।
इंग्ल्यान्डका रवि बोपाराले १२ बलमा ४९ रन बनाए। उनले १ चौका र ७ छक्का प्रहार गरे। समित पटेलले १७ बलमा ३९ रन बनाए। नेपालका विवेक यादव र प्रतिश जीसीले २/२ विकेट हात पारे। नारायण जोशी र लोकेश बमको नाममा १/१ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुनै पनि विकेट नगुमाई ४.२ ओभरमा लक्ष्य पूरा गर्यो। नेपालका सन्दीप जोराले अविजित ५० रन बनाए। उनी १२ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहे।
नियमअनुसार ५० रनमा कप्तान सन्दीप रिटार्यट आउट भएका थिए। त्यसपछि क्रिजमा आएका राशिद खान ५ बलमा २ चौका र २ छक्काको सहयोगमा २१ रनमा अविजित रहे।
यस्तै, लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २० रनको योगदान दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
