डोल्पामा प्रशस्त च्यांग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन्। निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ।
म्याग्दी– पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्यांग्राको भुवा आयात घटाउन उद्योगीले डोल्पामा स्रोतको पहिचान गरेका छन्।
डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौँ फर्किएको नेपाल पस्मिना उद्योग संघको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि संकलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए।
संघका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्यांग्राको भुवालाई पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानसँग छलफल र नमूना संकलन गरिएको बताए।
“डोल्पामा प्रशस्त च्यांग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन्। निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ,” उनले भने, “पछिल्लो तीन वर्षयता मुस्ताङबाट भुवा संकलन गरेर लैजाँदै आएका छौँ। डोल्पाको पनि भुवा थपियो भने कच्चा पदार्थको आयात कम हुन्छ।”
डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा संघका सचिव गीता श्रेष्ठ, कार्यकारी निर्देशक सृजना भट्ट, सल्लाहकार भीम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रालिका सञ्चालक छिरिङवाङदी गुरुङको टोली छार्का गएको थियो।
कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्यांग्रा फार्म अवलोकन, भुवाको नमूना संकलन र किसान र जनप्रतिनिधिसँग छलफल गरेर फर्किएको हो। छार्काताङसेन गाउँपालिकाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, संकलन गर्ने सीप र प्रविधि सिकाउन र संकलन केन्द्र बनाउन प्रस्ताव गरेका थिए।
मुस्ताङ हुँदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उनले बताए। समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको छार्काका करिब १०० घर किसानले ३० हजारभन्दा बढी च्यांग्रा पालेका छन्।
वैशाख, जेठ र असार च्यांग्राको शरीरबाट भुवा निकाल्ने याम हो। बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्यांग्राको शरीरबाटै झरेर खेर जाने गरेको छार्काका किसान कुन्साङ नामग्यालले बताए। भुवाले बजार पाएमा च्यांग्रापालक किसानले अतिरिक्त आम्दानी गर्न पाउने उनको अपेक्षा छ।
भुवाको नमूनाको गुणस्तर परीक्षण गरेपछि उपयुक्त देखिएमा किसानलाई भुवा संकलन गर्ने आधुनिक सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र संकलन केन्द्र स्थापना गरेर खरिद गरिने संघका सचिव गीता श्रेष्ठले बताइन्।
संघको समन्वयमा मुस्ताङबाट २०७९ मा १ करोड ३४ लाख रुपैयाँ मूल्यको दुई हजार किलो र २०८० मा ९० लाखको भुवा खरिद भएको थियो। यस वर्ष प्रतिकिलो चार हजार ५०० का दरले एक हजार ६०० किलो भुवा खरिद गरेर लोमान्थाङको संकलन केन्द्रमा राखिएको छ।
च्याङग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो। डोल्पामा चौँरीको भुवालाई पनि कच्चा पदार्थका रूपमा प्रयोग गर्न अध्ययन भएको छ। प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्यांग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पस्मिनाको व्यावसायिक माग बढ्दो छ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्यांग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ। नेपाल पस्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक ३ अर्बको पस्मिना निर्यात हुन्छ।
पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो वार्षिक १९५ टन आयात हुन्छ। विदेशबाट कच्चा पदार्थ आयात घटाउन स्वदेशकै किसानबाट च्यांग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी किच्नु श्रेष्ठले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
