निर्माण कम्पनीको लापरबाहीले सडकको काम पूरा नभएको हो। सडक हेर्ने पूर्वाधार कार्यालयले पनि ठेकेदारलाई ताकेता गर्न सकेको छैन। बरु म्याद थप्दै बसेको छ।
गलकोट– बागलुङको कुश्मिसेरा–रांखानी सडक दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको पाँच वर्ष पुग्यो। काम भने अलपत्र छ।
निर्माण कम्पनीको लापरबाहीले उक्त सडकको काम पूरा नभएको हो। सडक हेर्ने पूर्वाधार कार्यालयले पनि ठेकेदारलाई ताकेता गर्न सकेको छैन। बरु म्याद थप्दै बसेको छ।
चौथो पटक असारसम्मका लागि म्याद थपिएको छ। तर ठेकेदार सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–रांखानी–बरेङ सडकमा निर्माण व्यवसायीबाट चरम लापरवाही भएको तथा तिहारपछि काममा नफर्किए ठेक्का रद्दका लागि दबाब दिने उनले बताए।
२०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी शर्मा क्याराभानले काम जिम्मा लिएको थियो। जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई गुल्मीको शान्तिपुरसँग जोड्न २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो।
तिहारपछि पनि काम शुरू नगरे कारबाही प्रक्रिया थाल्ने पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले बताए। कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम भए पनि सडक कालोपत्र भएको छैन।
२४ करोड ५८ लाखमा ठेक्का सम्झौता भएको थियो। “तिहारपछि पुनः पत्र पठाउँछौँ। काममा नफर्किए कारबाहीको प्रक्रिया थालिन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
