माओवादी केन्द्रका अध्यक्ष दाहालले दलहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्दका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।
शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानीमा अध्यक्ष दाहालले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया शुरू हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताए।
"अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचितहरूको लिस्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ", उनले भने।
दाहाल आफैँ सत्तारूढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार छन्।
कांग्रेसभित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
