युक्रेनमाथि ‘विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने’ विदेशमन्त्री चो सोन-हुईले रुसी समकक्षी सर्गेइसँगको वार्तापछि मस्कोमा घोषणा गरेकी हुन्।
युक्रेनमा रुसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेशमन्त्री चो सोन-हुईले शुक्रबार मस्कोमा घोषण गरेकी छन्। यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौँ उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिइसकेको छ।
अमेरिका र दक्षिण कोरियाले १० हजार उत्तर कोरियाली सैनिक रुसमा प्रशिक्षण लिइरहेका, अब उनीहरू रुसको पक्षमा लडाइँमा सहभागी हुने बताउँदै आएका छन्।
वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही उत्तर कोरियाली सेना कुर्स्क सीमा क्षेत्रमा पुगिसकेको अमेरिकी गुप्तचरले जनाएको छ।
युक्रेनमाथि ‘विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने’ विदेशमन्त्री चो सोन-हुईले रुसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेकी हुन्।
उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बुद्धिमानी नेतृत्व’मा कुनै शंका नभएको बताइन्। उनले भ्रमणमा प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै यसले सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गरिन्।
उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेका छन् भने प्योङयाङले सैन्य सहयोगको बदलामा रुसबाट आणविक प्रविधि चाहेको आशंका गरिएको छ।
रुसी विदेशमन्त्री लाभ्रोभले दुई देशका ‘सेना र विशेष सेवाहरू’ बीचको ‘घनिष्ठ सम्बन्ध’को प्रशंसा गरेका छन्। उनले युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रुस आभारी रहेको बताए।
सन् २०२२ फेब्रुअरीमा शुरू भएको युक्रेन आक्रमणपछि रुसले पश्चिमसँगको सम्बन्ध तोडेको छ। उत्तर कोरिया र इरान रुसको समर्थकका रूपमा देखा परेका छन्। लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको ‘नयाँ चरण’ प्रारम्भ हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
