स्पेनमा बुधबार आएको भीषण बाढीका कारण शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या २०० नाघेको छ।
स्पेनमा बुधबार आएको भीषण बाढीका कारण शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या २०० नाघेको छ।
अधिकारीहरूले आगामी दिनमा थप वर्षा हुने सम्भावना रहेको चेतावनी दिएका छन्। प्रतिकूल मौसमबीच उद्धारकर्मीले हराइरहेका कैयौँ मानिसहरूको खोजी जारी राखेका छन्।
समाचार संस्था एपीका अनुसार हालसम्म स्पेनमा बाढीबाट ज्यान गुमाएकाका २०५ शव फेला परेका छन्।
पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्कालीन सेवा समन्वय गर्ने संस्थाले २०२ जनाको मृत्यु पुष्टि गरेको छ। छिमेकी काष्टिला–ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन्।
स्पेनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्।
भूमध्यसागरमा मंगलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोसहितको पानीको बहाव (बाढी)ले ठूलो क्षति पुर्याएको हो। बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित छ।
कैयन् सडक अझै पनि बाढीले बगाएर ल्याएको माटो, भग्नावशेष, सवारीसाधनका कारण अवरुद्ध छन्। कतिपय बासिन्दा घरमै फसेका, केही स्थानमा अझै पनि बिजुली, पानी, टेलिफोन अवरुद्ध रहेको एपीले उल्लेख गरेको छ।
धेरै सडक र रेल मार्ग अझै अवरुद्ध रहेकाले मृत्यु संख्या बढ्ने डर छ। चिभा शहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भनिन्, “औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ। धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ।”
सुरक्षा बल र आपत्कालीन सेवाका एक हजार ७०० उद्धारकर्मीले बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन्। उनीहरूले ड्रोन र कुकुरसहित पानीमा हिँड्दै र भग्नावशेषमा खोतल्दै खोजी जारी रहेका छन्।
गार्डिया सिभिलले बाढीमा फसेका चार ५०० भन्दा बढी मानिसलाई उद्धार गरेको आन्तरिक मामिलामन्त्री फर्नान्डो ग्रान्डे-मार्लास्काले भ्यालेन्सियाबाट पत्रकार सम्मेलनमा बताए।
राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सियाको पश्चिमतर्फको चिभा शहरमा मंगलबार मात्र आठ घण्टामा ४९१ मिलिमिटर वर्षा भएको थियो, जुन करिब एक वर्षको वर्षासँग बराबर हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
