नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ६ ओभरमा सबै विकेट गुमाएर १०० रनमा समेटियो।
काठमाडौँ– हङकङमा जारी २०औँ हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा अस्ट्रेलियालाई ११ रनले हराउँदै नेपालले लगातार जित हासिल गरेको हो।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ६ ओभरमा सबै विकेट गुमाएर १०० रनमा समेटियो। अस्ट्रेलियाका ज्याक वुडले सर्वाधिक ५५ रन बनाए। नेपालका प्रतिश जिसीले ३ विकेट लिए। लोकेश बम र विवेक यादवले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका कप्तान सन्दीप जोराले ५१ रन बनाए। उनले १६ बलमा ५ चौका र ४ छक्का हाने। लोकेश बमले ३३, विवेक यादवले १२ तथा राशिद खानले १२ रन बनाए। अस्ट्रेलियाका ज्याक वुडले २ विकेट लिए ।
नेपालले पहिलो खेलमा इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपालले क्वार्टरफाइनलमा शनिबार नै श्रीलंकासँग खेल्दैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
