आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।
काठमाडौँ– तिहारको चौथो दिन शनिबार गाई, गोरु, गोवर्द्धन र हलीजूजा गरेर मनाइँदै छ।
यस दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिने चलन छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।
वर्षभर जोतिएर सेवा गर्ने गोरुलाई पनि पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ। वर्षभर जोत्ने हली एवं अन्य कृषिकर्म गर्ने किसानलाई पनि पूजा गरी मीठा परिकार खुवाइन्छ। आजको दिनलाई हली तिहार पनि भनिन्छ।
गोवर्द्धन पूजा
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलबासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा पूजा गर्ने प्रचलन बसेको हो।
कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्द्धन पूजा प्रतिपदा/सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
