ढोरपाटन शिकार आरक्ष शिकारीहरूका लागि मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य बन्दै छ।
बागलुङ– शिकार आरक्षको रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विगतमा बाह्य शिकारीहरूको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय प्रचारप्रसार बढ्नाले आन्तरिक पर्यटन फस्टाउन थालेको हो।

स्थानीय हिमालय वाइल्डलाइफ आउटफिटरका सञ्चालक दीपक थापाका अनुसार ढोरपाटन शिकार आरक्ष मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य हो। यहाँ रहेको उत्तरगंगा वराहक्षेत्र मन्दिरले धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।

गण्डकी प्रदेशको बागलुङ, म्याग्दी र लुम्बिनी प्रदेशको पूर्वी रुकुममा फैलिएको यस क्षेत्रमा वर्षायाममा विभिन्न रंगीचंगी फूल फुल्ने, हिउँदमा हिउँ खेल्न पाइने र वसन्त ऋतुमा लालीगुराँस र चिमाल फुल्ने गर्छ। २०४४ सालमा स्थापित यो नेपालको एक मात्र शिकार आरक्ष हो, जसको क्षेत्रफल एक हजार ३२५ वर्ग किलोमिटर छ।

यस क्षेत्रमा साना होटल, सामुदायिक होटल र होमस्टेहरूको सुविधा उपलब्ध छ। एक पटकमा करिब ६०० जनासम्म पर्यटक बस्न सक्ने क्षमता छ। तिब्बती शरणार्थीले सञ्चालन गरेका होटलमा विशेष तिब्बती परिकार र भोटे चियाको स्वाद लिन सकिन्छ।

यहाँबाट निसेलढोर, छ्यान्तुङ, गुर्जाघाट र जलजलालगायत स्थानमा पदयात्रा गर्न सकिन्छ। आरक्षमा १६४ प्रजातिका चराचुरुंगी र नाउर, झारल, घोरल, रेडपाण्डा, हिउँ चितुवालगायत दुर्लभ वन्यजन्तु पाइन्छन्।
यद्यपि थापाका अनुसार यस क्षेत्रको विकासका लागि राज्यको पर्याप्त ध्यान पुग्न सकेको छैन। “राज्यका विभिन्न निकायबाट ढोरपाटन छुटेको जस्तो लाग्छ,” थापाले भने।

बुर्तिबाङबाट कच्ची सडक मार्ग हुँदै करिब ३-४ घण्टाको यात्रापछि देउरालीसम्म पुग्न सकिन्छ, जहाँबाट ठूलो पाटनको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटन विकासका लागि पूर्वाधार विकास र प्रचारप्रसारमा राज्यको ध्यान जान आवश्यक रहेको स्थानीय बताउँछन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
