गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराएका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आएका छन्।
रसुवा– हिमाल आरोहणको क्रममा हराइरहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन्।
दुई साता अगाडि ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार २३४ मिटर उचाइ) यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ लाङ्टाको क्याङ्जेनस्थित हायर गेस्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायीले जनाएका छन्।
उनी सम्पर्कमा आएको रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले पनि पुष्टि गरेका छन्। उनीसँग गएका अर्का स्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने अझै सम्पर्कविहीन छन्।
शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धारअन्तर्गत हिमाली उच्च भागको ३० मिटरभन्दा बढी गहिरो खोचको डिल्लामा सिल्पिङ ब्याग देखिएको, ओनरेज त्यहीबाट खोचभित्र खसेको सहकर्मी पर्यटकबाट जानकारी पाएको अल्टिच्युट एयरका वरिष्ठ क्याप्टेन (पाइलट) विवेक खड्काले बताए।
“क्याङ्जेनमाथिको आकाशमा शुक्रबार दिनभर हेलिकप्टरबाट हवाई खोज उद्धारको प्रयास गरे पनि मौसम प्रतिकूलकै कारण राजधानी फिर्ता आउन परेको थियो। शनिबार बिहानको प्रयासबाट सिल्पिङ ब्याग देखिएको हो,” उनले भने।
यस्तै, गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोट लागेर बीच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ। उनलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरीविनायकबाट उद्धार गरेको हो। उनको सोह्रखुट्टेस्थित एक निजी अस्पतालमा उपचार भइरहेको उक्त एयरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
