रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेका बेला मंगलबार अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै छ। राष्ट्रपति निर्वाचन अभियानका अन्तिम दिनलाई युक्रेनीले चिन्तापूर्वक हेरिरहेका छन्।
अमेरिकी राष्ट्रपति चुनाव अभियानका अन्तिम दिनहरूलाई युक्रेनीले चिन्तापूर्वक हेरिरहेका छन्। केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेका बेला मंगलबार अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै छ।
युद्धमा संख्यामा कम र कमजोर हतियार भएको युक्रेनी सेनाले रुसी सेनाको अग्रगमनको सामना गरिरहेको छ। मस्को–प्योङयाङ गठबन्धन पहिलेभन्दा बलियो देखिएको छ। वासिङ्टन र सोलले हजारौँ उत्तर कोरियाली सैनिक रुस पठाइएको बताएका छन्।
यसविपरीत युक्रेनका युद्ध–थकित समर्थक ट्रम्पको ह्वाइट हाउसमा सम्भावित फर्काइले थप निराश हुन सक्छन्। ट्रम्पले किभलाई कुनै सहयोगको आश्वासन दिएका छैनन्।
“ट्रम्पको जितले गम्भीर जोखिम सिर्जना गर्नेछ। स्थिति चिन्ताजनक हुनेछ”, अमेरिकामा युक्रेनका पूर्वराजदूत ओलेग सामसुरले एएफपीलाई भने।
वासिङ्टनले नाटो–व्यापी युक्रेनलाई समर्थन गरेको छ। किभले अत्यधिक शक्तिशाली रुसविरुद्ध लड्नका लागि अर्बौं डलरको आर्थिक र सैन्य सहयोग प्राप्त गरिरहेको छ।
यद्यपि युरोप र संयुक्त राज्य अमेरिकाको यो समर्थन विगत केही महिनायता कमजोर हुँदै गएको छ। युक्रेनप्रति अमेरिकी समर्थनलाई लिएर ट्रम्पको बारम्बारको आलोचना र २४ घण्टाभित्र लडाइँ समाप्त गर्ने दाबीले युक्रेनको चिन्ता बढाएको छ।
“न त उहाँ न त उहाँको टोलीले युक्रेनको विजयमा विश्वास गर्छन्,” सामसुरले भने।
ट्रम्पले युक्रेनको जित चाहन्छन् या चाहन्न भन्न बताउन अस्वीकार गरेका छन्। उनले युद्ध अन्त्य गर्ने कुनै रणनीति पनि सार्वजनिक गरेका छैनन्।
उनका सहयोगी जेडी भान्सले चारैतिर असैन्यीकृत क्षेत्र स्थापना गर्ने गरी वर्तमान सीमामा युद्धविराम गर्न वकालत गरेका छन्।
ट्रम्पको योजनाले किभलाई क्रेमलिनको इच्छाअनुसार नाटोमा सामेल हुने आकांक्षा त्याग्न दबाब दिनेछ। यसले युक्रेनलाई थप आक्रमणको जोखिममा पार्नेछ।
“यो पुटिनका लागि विश्राम हुनेछ,” रुसले त्यो समय आफ्नो सेना पुनर्निर्माण गर्न र तयार भएपछि ‘युक्रेनको पूर्ण विनाश’को लक्ष्य पुनः शुरू गर्न प्रयोग गर्ने विश्वास व्यक्त गर्दै सामसुरले भने।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले माग गरेको क्षेत्रीय सहुलियतलाई पहिले नै अस्वीकार गरिसकेका छन्। “जसले चाहे पनि र अमेरिकामा जसले जिते पनि युक्रेनले यी क्षेत्रलाई (रुसी भनेर) मान्यता दिनेछैन,” उनले दक्षिण कोरियाली टिभी च्यानल केबीएसलाई दिएको अन्तर्वार्तामा भने।
तथापि युक्रेनी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले एएफपीसँगको कुराकानीमा बढी मेलमिलापपूर्ण विचार व्यक्त गरेका थिए।
उनले सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकामा भएको ट्रम्प र जेलेन्स्कीबीचको भेट ‘धेरै राम्रो’ भएको बताए। “ट्रम्पले निश्चय पनि पुटिनसँग अमेरिकाको इज्जत गुमाउने व्यक्ति हुन चाहनु हुनेछैन”, नाम नखुलाई उनले भने।
ती अधिकारीका अनुसार युक्रेनले सबै सम्भावित परिणामका लागि तयारी गरिरहेको छ र दुवै उम्मेदवारका टोलीसँग सम्बन्ध बढाइरहेको छ।
अमेरिकामा राष्ट्रपतीय चुनाव जसले जिते पनि उसले युक्रेन युद्धको सामना गर्नुपर्नेछ। यता, युद्धको स्थिति मस्कोको पक्षमा मोडिँदै गएको देखिन्छ।
अमेरिकन इन्स्टिच्युट फर द स्टडी अफ वारको तथ्यांकको एएफपी विश्लेषणअनुसार रुसले अक्टोबरमा मात्र ४७८ वर्ग किलोमिटर युक्रेनी क्षेत्रमा अघि बढेको छ। यो सन् २०२२ मार्चयताकै तथ्यांक हो।
यी लाभमध्ये दुई तिहाइ दाबी गरिएको डोनेट्स्क क्षेत्रमा ५१ वर्षीय युक्रेनी सर्जेन्ट सर्गीले व्यावहारिक दृष्टिकोण राखेको बताए।
“अमेरिकाले हामीलाई सहयोग गरिरहेसम्म कसले जित्छ भन्ने कुरामा मलाई चासो छैन,” उनले भने। तर उनले ट्रम्पको जित युक्रेनका लागि मात्र नभई संयुक्त राज्य अमेरिकाका लागि पनि विपत्ति हुनसक्ने भविष्यवाणी गरे।
सन् २०२३ को अन्त्य र सन् २०२४ को शुरूआतमा ट्रम्पका समर्थकले अमेरिकी सैन्य सहायता रोक्दा युक्रेनी सैनिकले रिपब्लिकन अवरोधको नमिठो अनुभव सँगालेका छन्। त्यसले युक्रेनी सेनालाई गोलाबारुद, राशन कटौती गर्न बाध्य पारेको थियो भने रुसलाई युक्रेनमा गति लिन सहयोग पुगेको थियो।
“यदि यो वर्षको शुरूमा जस्तै भयो भने यो धेरै, धेरै नराम्रो हुनेछ”, सर्गीले भने।
उही क्षेत्रमा लड्ने एक युवा सैनिक बोग्दानले ट्रम्पले ‘केवल अमेरिकाको शक्ति, दृढता र क्षमता देखाउन चाहने’ आशा व्यक्त गरे।
युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभमा अन्तर्वार्ता दिएका अर्का सैनिक रोडियन पनि यसमा विश्वस्त छन्। “मलाई थाहा छ उनीहरूले हामीलाई धोका दिने छैनन्,” उनले भने। रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
