हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो।
काठमाडौँ– नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ। शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।
हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो। नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए। उनले १८ बलमा ८ छक्का र १ चौका हाने। यस्तै, नारायण जोशीले १३ रन बनाए।
बलिङतर्फ श्रीलंकाका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले २/२ तथा धनञ्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १२३ रन बनायो। श्रीलंकाका लागि सदुन विराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५० रन बनाए। यसैगरी कप्तान लिहुरु मदुसन्काले अविजित ३१, लाहिरु समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए।
बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले १/१ विकेट लिए। यसअघि समूह चरणको खेलमा भने नेपालले इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
