बाढीले पुल भत्किएर कमला नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले अस्थायी पुल निर्माण गरेको छ।
सिरहा– सिरहा र धनुषालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण भएको छ। बाढीले पुल भत्किएर कमला नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले अस्थायी पुल निर्माण गरेको हो।
नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट २० रुपैयाँ शुल्क लिने गरिएको सिरहा–६ का वडा अध्यक्ष इन्द्रजीत यादवले बताए। सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ।
यसअघि व्यक्तिगत रूपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजस्व संकलन गर्ने उनले बताए। “संकलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ,” वडाध्यक्ष यादवले बताए।
हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ।
यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भाँचिएको थियो। त्यसयता उक्त पुल पुनर्निर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
