अमेरिकाको डल्लासमा घरेलु टोलीले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा आलआउट हुँदै २४४ मात्र बनायो।
काठमाडौँ– अमेरिकामा जारी आईसीसी विश्वकप लिग२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ।
अमेरिकाको डल्लासमा घरेलु टोलीले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा आलआउट हुँदै २४४ मात्र बनायो।
नेपालका अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे। नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। कुशल भुर्तेल २९ रन, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा आउट भए।
सोमपाल कामीले ४६ रन तथा दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए। अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो।
अमेरिकाका साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए। कप्तान मोनांक पटेलले ६७ रन जोडे।
नेपालका गुल्शन झाले ३, सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ तथा कुशल भुर्तेलले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
