परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एशियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
भैरहवा– थाई एशिया एयरलाइन्सले बैंकक–भैरहवा उडान शुरू गरेको छ। आइतबार बिहान ६ः५५ बजे थाई एशियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
“परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एशियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो,” विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, “अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ।”
विमानलाई भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए। थाई एयर एशियाले केही दिनअघि मात्र भैरहवा र पुनः उडान काठमाडौँमा शुरू गर्न अनुमति पाएको थियो। लगत्तै उडान शुरू भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन।
भैरहवाबाट बैंककतर्फ एकतर्फी शुरूआती भाडादर १२ हजार रुपैयाँ रहेको जनाइएको छ। विमान बिहान ७ः४० बजे नै बैंकक प्रस्थान गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
