दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने तिला– १ का स्थानीय नर रावत बताउँछन्।
जुम्ला– जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको संख्या घट्दोक्रममा छ। यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन्।
विगतमा तिला गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हुन्थ्यो। यहाँका फाँटमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो तर आठ/दश वर्षयता यस ठाउँमा कोदोको खेती गरेको पाइँदैन। दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको तिला– १ का स्थानीय नर रावतले जानकारी दिए।
तातोपानी गाउँपालिका– ४ का स्थानीय प्रेमराज पाण्डेले किसानले कोदोबाली लगाउनै छाडेको बताए। दैनिक उपभोग्य सामान घरदैलोमा पुग्न थालेपछि कोदोखेती गर्नेको संख्या घटेको उनको भनाइ छ।
कोदोबाली अत्यन्त पोसिलो मानिन्छ। विगतमा यसको रोटी खाने गरिन्थ्यो। पछिल्लो समय उत्पादन घटेपछि भएको उब्जनीले गाउँघरमा मदिरा बनाउन मात्र प्रयोग गरिने किसानले जनाएका छन्।
यहाँका स्थानीय तहले खाजानास्तामा स्थानीय उत्पादन वा रैथाने बालीको प्रयोगमा जोड दिएको जनाएका छन्। तर कोदोको उत्पादन कम हुँदा बजारमा यसको पिठो मागअनुसार उपलब्ध गराउन नसकिएको खलंगा बजारमा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए।
हाल कोदोको पिठो प्रतिकिलोग्राम १५० रुपैयाँमा किनबेच भइरहेको छ। कोदोको दाना प्रतिकिलो १२० रुपैयाँमा बिक्छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बीलगायत पोषक तत्त्व पाइने गरेकाले पछिल्लो समय माग भने बढ्दो छ। तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण, पेट स्वस्थ राख्न पनि कोदोका परिकार उपयुक्त हुने जानकारहरू बताउँछन्।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार हाल यहाँ तीन हजार सात हेक्टरमा कोदोखेती हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
