रोयल कमिसन फर अलउलाले पुरातत्त्वविद्ले साउदी अरबको उत्तर–पश्चिमस्थित खैबर ओएसिसमा कांस्य युगको पुरातात्त्विक शहर पत्ता लगाएको घोषणा गरेको छ।
रोयल कमिसन फर अलउला (आरसीयू)ले पुरातत्त्वविद्ले साउदी अरबको उत्तर–पश्चिमस्थित खैबर ओएसिसमा कांस्य युगको एक शहर पत्ता लगाएको घोषणा गरेको छ। यो खोज वैज्ञानिक पत्रिका प्लस वनमा प्रकाशित भएको छ।
यो घोषणा रियादमा साउदी प्रेस एजेन्सी सम्मेलन केन्द्रमा आरसीयूले आयोजना गरेको पत्रकार सम्मेलनमा गरिएको थियो। सम्मेलनमा पुरातत्त्व क्षेत्रमा र यसको सांस्कृतिक समृद्धिमा अधिराज्यको स्थितिको महत्त्वलाई उजागर गरिएको थियो।
खोज फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चका अनुसन्धाता डा. गुइलौम चार्लोक्स र आरसियुका पुरातात्त्विक सर्वेक्षण प्रबन्धक डा. मुनिराह अल–मुशावहको नेतृत्वमा सञ्चालित थियो। खैबर लङ्ग ड्युरे पुरातात्त्विक परियोजनाको ढाँचामा गरिएको यो खोजले यो क्षेत्रमा तेस्रो सहस्राब्दीको दोस्रो आधामा घुमन्ते पशुपालन जीवनबाट बसोबास गर्ने शहरी जीवनमा भएको रूपान्तरणलाई चित्रण गर्छ।
अनुसन्धानले औँल्याएअनुसार खैबरजस्ता क्षेत्रहरू महत्त्वपूर्ण शहरी केन्द्रहरू थिए। यी केन्द्रले विशेषगरी कृषिसँगै आफ्ना समुदायको स्थिरतालाई स्थायी रूपमा कायम राखे र तिनीले घुमन्ते समुदायका लागि व्यापार र वाणिज्यको केन्द्रका रूपमा काम गरे।
कांस्य युगमा उत्तर–पश्चिमी अरब प्रायद्वीपमा घुमन्ते पशुपालक समुदायको उल्लेखनीय संख्या थियो। तर यो क्षेत्रमा एक अर्कासँग जोडिएका र तयमा जस्ता किल्लाबन्दी शहर वरिपरि पर्खालले घेरिएका केही ओएसिस पनि थिए। अल–नताह नाम दिइएको फेला परेको शहरमा किल्ला र शहरभित्र आवासीय र भूमिगत क्षेत्रको स्पष्ट विभाजनको प्रमाण भेटिएको छ।
साइटले २.६ हेक्टर क्षेत्रफल ओगटेको थियो। यहाँ ईसापूर्व २४०० र २००० बीचदेखि ईसापूर्व १५०० र १३०० सम्म ५०० व्यक्ति बसोबास गर्थे। खैबर ओएसिस, यसको सुरक्षा सुनिश्चितका लागि १५ किलोमिटर लामो ढुंगाको पर्खालले घेरिएको थियो।
हरात खैबर ज्वालामुखी क्षेत्रको किनारमा अवस्थित खैबर ओएसिस अत्यन्त शुष्क क्षेत्रमा तीन उपत्यकाको मिलन विन्दुमा बनेको थियो। शहरका अवशेष ओएसिसको उत्तरी किनारामा फेला परेका थिए। अवशेष हजारौँ वर्षदेखि बेसाल्ट चट्टानका तहहरू मुनि गाडिएका थिए।
यो अध्ययन रोयल कमिसन फर अलउलाले फ्रेन्च एजेन्सी फर द डेभलपमेन्ट अफ अलउला र फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चको सहकार्यमा गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
