पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरको आकाश धुलोधुवाँ, प्रदूषण मिश्रित कुहिरोले ढाकिएपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
केही दिनयता कैयौँ गुणा बढेको ‘खतरनाक’ धुलोधुवाँबाट बालबालिकालाई बचाउन पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।
एक करोड ४० लाख जनसंख्या रहेको यो शहरको आकाश इन्धन, मौसमी कृषि वस्तु जलाउँदा निस्कने धुवाँ र जाडोको चिसोपनले केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकिएको छ।
प्रदूषकको दायरा मापन गर्ने वायु गुणस्तर सूचकांक एक हजारभन्दा माथि अर्थात् ‘खतरनाक’ मानिएको ३०० को स्तरभन्दा धेरै माथि पुगेको आईक्यू एयरको शनिबारको तथ्यांकले देखाएको छ। पन्जाब सरकारले पनि आइतबार वायु गुणस्तर सूचकांक शनिबार एक हजारभन्दा बढी पुगेको जनाएको छ।
“आगामी ६ दिनको मौसम पूर्वानुमानले हावाको ढाँचा उस्तै रहने देखाएको छ। त्यसैले हामी लाहोरका सबै सरकारी र निजी प्राथमिक विद्यालय एक हप्ताका लागि बन्द गर्दै छौँ,” लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगिर अनवरले एएफपीलाई भने।
स्थानीय सरकारको निर्णयमा सोमबारदेखि शनिबारसम्म एक हप्ताका लागि बन्द रहने छन्। निर्णयअनुसार १० वर्षको उमेरसम्मका बच्चाका लागि ‘सबै कक्षा’ सार्वजनिक, निजी र विशेष शिक्षा चल्ने छैनन्। निर्णयमा विद्यालय बन्द गर्ने वा बन्द नबढाउने भन्ने विषयमा आगामी शनिबार पुनः अवस्थाको समीक्षा गरिने उल्लेख छ।
पन्जाबका वरिष्ठ मन्त्री मरियम औरङगजेबले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले माथिल्ला कक्षाका बालबालिकाको स्वास्थ्यमा पनि नजर राखेका छौँ। यो धुवाँ बालबालिकाका लागि निकै हानिकारक हुन्छ। विद्यालयमा मास्क अनिवार्य गर्नुपर्छ।”
उनले अस्पतालमा प्रदूषणबाट प्रभावितको उपचारलाई ध्यान दिँदै छुट्टै काउन्टर स्थापना गरिएको जानकारी दिए। डब्लूएचओका अनुसार विषाक्त हावामा सास फेर्दा स्वास्थ्यमा घातक असर पर्छ वा लामो समयसम्म सम्पर्कमा रहँदा स्ट्रोक, मुटुरोग, फोक्सोको क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
