राजधानीका गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थान तथा तराईका जिल्लामा छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ।
काठमाडौँ– नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी शुरू भएको छ ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ। गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण शुरू गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ।
तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्म्याउनेलगायत काम पनि भइरहेको छ। एउटा छठ घाट पूजाका लागिएक हजार १०० रुपैयाँ समितिले शुल्क लिने गरेको छ। छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो। विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई ६ लाख रुपैयाँ सहयोग गर्ने गरेको थियो। यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ।
यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै शुरू हुने बताइन्छ। छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।
कात्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ।
भोलिपल्ट अर्थात् कात्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ। कृषिप्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ। अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ। पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामा समेत धूमधामका साथ छठ पर्व मनाउन थालिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
