वनमन्त्री प्रदीप यादवले नेपालजस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण महत्त्वपूर्ण रहेको बताएका छन्।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण आवश्यक रहेको बताएका छन्।
अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम, २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “जलवायु परिर्वतनले जोखिम बढिरहेको छ, यसबाट जुध्न कार्बन उत्सर्जन न्यूनीकरणको आवश्यकता छ।”
मन्त्री यादले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको बताए। उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिए।
उनले सन् २०२१ मा नेपालले ‘खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति’ विकास गरेको उल्लेख गरे। उनले यसको माध्यमबाट २०३० सम्ममा कार्बनको अत्यन्त न्यून उत्सर्जन र २०४५ सम्ममा पूर्ण शून्य उत्सर्जन हासिल गर्ने प्रयास गरेको जानकारी गराए।
मन्त्री यादवले तापमान र वर्षामा विश्वव्यापी औसतभन्दा धेरै छिटो दरमा परिवर्तन अनुभव गरिरहेको उल्लेख गरे। उनले भौगोलिक रूपमा नेपालका हिमालमा द्रुत हिउँ र बरफ पग्लने र मनसुनको समयमा पहाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिम बढेको सुनाए।
सन् २०२० मा नेपालले पेरिस जलवायु सम्झौतालाई अनुमोदन गर्नुका साथै र कार्बन उत्सर्जन घटाउने देशको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले दोस्रो एनडिसी पेस गरेको उनले जानकारी गराए।
यसैगरी उनले नेपालले वित्तीय स्रोत, उन्नत प्रविधि र उच्च दक्षजनशक्तिको माग गर्दै आएको र नेपालका साझेदारहरूलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगबिना नेपालले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसक्नेसमेत स्पष्ट पारे।
नेपालको दीर्घकालीन रणनीतिले कार्बन तटस्थ, समावेशी र जलवायु अनुकूल भविष्यतर्फ साहसी नीति निर्माण, सामाजिक रूपान्तरण र प्राविधिक विकासको परिकल्पना गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जलवायु परिवर्तन नीति र ‘एजेन्डा’मा काम गर्न आवश्यक संस्थागत क्षमता तयार गरिरहेको उनले जिकिर गरे।
नेपाल सरकारले जलवायु परिवर्तनसम्बन्धी आवश्यक नीति र संगठनात्मक क्षमता राखेको भए पनि स्रोत र प्रविधिको सीमितताका कारण कार्यान्वयनमा चुनौती हुँदै आएको तर्क गरे। नेपाल साझा तर फरक जिम्मेवारी र क्षमताको सिद्धान्तमा जलवायु कार्यलाई तीव्रता दिन प्रतिबद्ध रहेको मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराए।
जलवायु र स्वच्छ वायु गठबन्धनमा नेपालको सदस्यताले राष्ट्रिय रणनीति र अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न मद्दत गर्ने उनले जानकारी दिए।
मन्त्री यादवले नेपालले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने परियोजनाको ‘पाइलटिङ’ गरिरहेको बताए। उनले नेपालमा बढ्दो समस्यालाई सम्बोधन गर्न मानिस, जनावर र वातावरणका लागि स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिए।
नेपालमा अल्पकालीन जलवायु प्रदूषण र अन्य प्रयास तथा प्रतिबद्धता कम गर्न सिसिएसीसँग निरन्तर समन्वयको अपेक्षा गर्दै आएको मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
