सोमबार बिहान उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
भारतको उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
रामनगर जाँदै गरेको बस मार्चुला क्षेत्रको साल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको हो। गीतजागीर नदी किनारमा बस खस्दा कम्तीमा ३० जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्। एनडीटीभीले जिल्ला अधिकारीलाई उद्धृत गर्दै मृतकको संख्या ३६ पुगेको जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
४५ भन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ। प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री धामीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् , ‘अल्मोडा जिल्लाको मार्चुलामा भएको दुर्भाग्यपूर्ण बस दुर्घटनामा परी ज्यान गुमाउनेको बारेमा दुःखद खबर प्राप्त भएको छ। राहत र उद्धार कार्य छिटो गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ।’
समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौरी र अल्मोडाका क्षेत्रीय यातायात अधिकारीहरू (एआरटीओ)लाई निलम्बन गर्न निर्देशन दिएका छन्। साथै मृतकका परिवारलाई ४ लाख र घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
