रामेछापको मन्थलीका वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटना अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटना अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजतलास गरिरहेको छ। भुजेललाई बेपत्ता पारेको आरोपमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।
शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन्। विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
