बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि पठाउन नसकिएको फार्म सञ्चालक लालबहादुर थापा बताउँछन्।
पाल्पा– पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख रुपैयाँ बढीको आम्दानी भएको छ। तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो।
फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए। तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए।
बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन्। बारीभरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ। फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दै आएको थापाको भनाइ छ।
प्रतिकिलो फूल पाँच सय र प्रतिमाला १५० मा बिक्री भएको थापाले बताए। हरेक वर्ष तिहारमा फूलमाला मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ। यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ।
स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ। गाउँघरमा पनि विद्यालय, विभिन्न संघसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ।
भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व शुरू भएदेखि नै घर, विद्यालय तथा संघसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन्। यहाँ हरेक वर्ष दुई लाख रुपैयाँदेखि रुतीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
