अर्घाखाँचीको जयठाटीमा बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ भने आठ जना घाइते भएका छन्।
अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्यु छ भने आठ जना घाइते भएका छन्।
वडा– ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजे देउसीभैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए। घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
