त्रियुगा नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको र एक बेपत्ता रहेको प्रहरीले जनाएको छ।
सप्तरी– कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु छ। साथै, एक जना बेपत्ता भएका छन्।
स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताए।
उनका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको हो।
स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
