वर्षासँगैको पहिरोले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ।
म्याग्दी–म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महाभीरमा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारीसाधनको आवागमन रोकिएको जानकारी दिए।
वर्षा नरोकिएको, रात परिसकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उनले आग्रह गरे। बेनी–जोमसोम–कोरला सडक आयोजनासँगको समन्वयमा मंगलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताए।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटक बीच बाटोमै रोकिएका छन्। मुस्ताङतर्फ जाने सवारीसाधन बेनी र म्याग्दीतर्फ आउने सवारीसाधन भुरुङ्ग–तातोपानीतर्फ फर्किएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
