कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको थियो।
बरहथवा– सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुब्दा दुई जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा कारमा सवार गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
डीएसपी दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए। बेपत्ताको खोजीका लागि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाइएको छ।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
