सिरियास्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा इजरायलको आक्रमण

इरानी एजेन्टसँग काम गरिरहेका आतंककारी कार्यकर्ता पक्राउ गर्न इजरायली सेना सिरियामा प्रवेश गरेका थिए।

इजरायली सेनाले सिरियास्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ। 

 सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतंककारी इलाकामा सोमबार हवाई आक्रमण गरेको इजरायली नेपाले जनाएको छ। 

इरानी एजेन्टसँग काम गरिरहेका आतंककारी कार्यकर्ता पक्राउ गर्न इजरायली सेना सिरियामा प्रवेश गरेका थिए। सो क्रममा एलिट एगोज कमान्डो युनिटका सैनिकले दक्षिणी शहर सैदामा बस्ने सिरियाली नागरिक अली सुलेमान अल–आदीलाई पक्राउ गरेका छन्।

उनले सीमामा रहेर इजरायली सेनाका बारेमा खुफिया जानकारी गरेको जनाइएको छ। 

इईडीएफले अल–आदीको फुटेज पनि जारी गरेको छ। जसमा उनले आफूलाई इरानले कसरी भर्ती गरेको थियो भनेर बताएका छन्।