एक जना शिक्षकले मार्चयता तलब नपाएको, आफूसँग अन्य कुनै आयस्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताए।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकहरू तलब नपाएको भन्दै आन्दोलित भएका छन्। प्रान्त सरकारले शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा अनौपचारिक बालिका विद्यालय बन्द भई विद्यार्थीको भविष्यमा असर परेको छ।
द डनको रिपोर्ट अनुसार तलब नपाएका शिक्षकमध्ये दुई हजार २०० बालिका सामुदायिक विद्यालय, ५४१ आधारभूत शिक्षा केन्द्र विद्यालय (बीईसीएस) र २७५ राष्ट्रिय मानव विकास आयोग (एनसीएडी) विद्यालयमा खटाइएको छ। सरकारले अदक्ष कामदारको न्यूनतम पारिश्रमिक ३६ हजार तोकेको तर विद्यालयका शिक्षकहरूलाई २१ हजार दिइँदै आएको छ।
अहिले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन्। फाउन्डेसनका एक वरिष्ठ अधिकारीले विद्यालयका शिक्षकको तलब दिन दुई अर्ब रुपैयाँ आवश्यक रहेको तर सरकार फाउन्डेसनलाई रकम हस्तान्तरण गर्न हिचकिचाइरहेको बताए।
एक जना शिक्षकले मार्चदेखि तलब नपाएको भन्दै दुःख व्यक्त गरे। आफूसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका उनको भनाइ छ।
शिक्षकहरूले तलब नपाएपछि धेरै विद्यालय बन्द भएका छन्। अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
