जनकपुरमा छठका लागि किनमेल गर्नेको चहलपहल (तस्वीरहरू)

बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसामान तथा फलफूल किन्नेको चहलपहल बढेको छ।

जनकपुरधाम– मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् मंगलबारदेखि शुरू भएको छ। तराईका विभिन्न जिल्लाका घर तथा कुण्ड र पोखरीहरूको सरसफाइ गरी सजाइएको छ। छठ घाट निर्माण तथा सरसफाइ कार्यमा स्थानीय सामाजिक संघ संस्था र पूजा व्यवस्थापन समितिहरू जुटेका छन्। जनकपुरधामलगायतका बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसामान तथा फलफूल किन्नेको चहलपहल बढेको छ। हेर्नुहोस् तस्वीरहरू