निर्वाचन आयोगले राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने भएको छ।
काठमाडौँ– निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ।
राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा संघीय संसद्मा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए।
आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाउने स्पष्ट पारेको छ।
आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपतिसमक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोहीअनुसार काम गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
